काठमाडौं– नेपालका लागि टीभीएस मोटरको टू ह्वीलर तथा थ्री ह्वीलरको आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएस अपाचे आरटीआर २०० फोरभीको फस्र्ट इन क्लास राइडिङ मोड्स, आरटी–एफआई, बीएस–भीआई र एबीएससहितको नयाँ मोडल नेपालमा सार्वजनिक गरेको छ ।
काठमाडौंस्थित सोल्टी होटलमा आयोजित कार्यक्रममा टीभीएस मोटर कम्पनीका अन्तर्राष्ट्रिय व्यापार अध्यक्ष आर दिलीपले टीभीएस अपाचे शृंखलालाई निरन्तरता दिँदै फस्र्ट इन सेगमेन्ट फिचर्स र प्रविधियुक्त नयाँ टीभीएस अपाचे आरटीआर२०० फोरभी मोटरसाइकल नेपालमा बिक्री सुरु गरिएको बताए ।
जगदम्बा मोटर्स तथा शंकर ग्रुपका अध्यक्ष शाहिल अग्रवालले नेपाली ग्राहकले टीभीएस अपाचे सिरिजको रेस एडिसनलाई रुचाउँदै आएकामा नयाँ उत्पादन पनि रोजाइमा पर्ने विश्वास व्यक्त गरे ।
टीभीएस अपाचे आरटीआर२०० फोरभीमा सडक र मौसमअनुसार राइडिङ मोड परिवर्तन गर्न मिल्ने आधुनिक फिचर्स राखिएको छ । यसको सिस्टममा स्पोर्ट, अर्बान र रेन मोड गरेर तीन वटा मोड छन्, जसलाई चालकले परिस्थितिको आधारमा मोटरसाइकल गुडाउँदा परिवर्तन गर्न सक्नेछन् ।
यो मोटरसाइकल पहिलाको भन्दा फरक फस्र्ट इन सेगमेन्ट एड्जस्टेबल सस्पेन्सनसहित आएको छ । यो मोटरसाइकल ३–स्टेप एड्जस्टमेन्टसहित एड्जस्टेबल ब्रेक तथा क्लच लिभरसहित नेपाली बजारमा उपलब्ध हुनेछ ।
यस्तै, सिंगल च्यानल एबीएससहित यसको ब्रेकिङ प्रणालीमा व्यापक सुधार गरिएकाले अधिक सुरक्षित रहेको दाबी कम्पनीको छ । नेपालमा यो मोटरसाइकल ग्लस ब्लाक, पर्ल वाइट र नयाँ म्याट ब्लु गरेर ३ फरक रंगमा उपलब्ध हुनेछ ।