काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल र महिला उद्यमी महासंघबीच सम्झौता भएको छ । दुई पक्षबीच महिला उद्यमी कर्जा प्रवाहसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
सम्झौतापछि महिला उद्यमी महासंघ, नेपालको सिफारिसमा बैंकले महिला उद्यमीलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्नेछ । महिला उद्यमशीलता कर्जा १५ लाख रुपैयाँसम्म सहुलियतपूर्ण दरमा प्रदान गरिनेछ ।
महिला उद्यमशीलताको विकास गर्न चाहिने आर्थिक आवश्यकताको मागलाई सम्बोधन गर्न यो सम्झौता फलदायी हुने विश्वास बैंकको छ । बैंकले हाल १०९ वटा शाखा, ९८ वटा एटीएम र १०४ वटा शाखारहित बैंकिङ इकाइबाट ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।