काठमाडौं - सनराइज बैंकले थप ३ शाखा विस्तार गरी कारोबार सुरु गरेको छ ।
ग्राहकलाई सहज रुपमा बैंकिङ सुविधा उपलब्ध गराउने उद्देश्यले बैंकले बाग्मती प्रदेशको सूर्यविनायक, गण्डकी प्रदेशको अमरसिंह र लुम्बिनी प्रदेशको योगीकुटीमा ३ शाखा सञ्चालनमा ल्याएको हो ।
योसँगै बैंकको शाखा संख्या १ सय ३९ पुगेको छ । बैंकले ५१ वटा शाखारहित बैंकिङ सेवा, ११ एक्सटेन्सन काउन्टर र १ सय ६१ एटिएममार्फत ग्राहकलाई सेवा उपलब्ध गराउँदै आएको छ ।