काठमाडौं - भारतीय जाभा मोटरसाइकल कम्पनी क्लासिक लेजेन्ड्सले अग्नि मोटोइन्क प्रालिलाई नेपालका लागि आधिकारिक वितरकमा नियुक्त गरेको छ ।
अग्नि समूहको सहायक कम्पनी मोटोइन्कले हाल महिन्द्राका सवारीसाधन बिक्री गर्दै आएको छ । आधिकारिक बिक्रेता नियुक्त गरेसँगै कम्पनीले नेपालमा जाभा र जाभा फोर्टी टु मोडल उपलब्ध गराउने भएको छ ।
क्लासिक लेजेन्ड्सका प्रमुख कार्यकारी अधिकृत आशीष सिंह जोशीले नेपालमा लन्च गरिने जाभा र जाभा फोर्टी टु नेपाली प्रयोगकर्ताको छनोटमा पर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले क्लासिक लेजेन्ड्सका जाभा मोटरसाइकल मजबुत रहेकाले नेपालमा लोकप्रिय हुन सक्ने बताए ।
कम्पनीले सुरुमा जाभा मोटरसाइकल काठमाडौंको उत्तरढोका र टेकुस्थित सोरुमा उपलब्ध गराउनेछ भने विस्तारै उपत्यकाबाहिर पनि बिक्री वितरण सुरु गर्नेछ ।