काठमाडौँ- मंगलबार सुनको मूल्य तोलामा २०० रुपैयाँ बढेको छ ।
हिजो प्रतितोला १ लाख १७ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज १ लाख १८ हजार रुपैयाँ कायम भएको हो ।
चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घट्दै १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला १ हजार ४५५ रुपैयाँमा कारोबार भएको थियो ।