काठमाडौं - मंसिर महिना लागेसँगै सुन र चाँदीको मूल्य बढेको छ । विवाहको सिजन सुरु भएसँगै शुक्रबार एकैदिनमा सुनको मूल्य प्रतितोलामा दुई हजार ३०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तिहारपछि पहिलो दिनकै कारोबारमा मूल्य बढेको हो ।
यससँगै छापावाला सुन प्रतितोला१ लाख १५ हजार ५०० रुपैयाँ र तेजावी सुन १ लाख १४ हजार ९५० रुपैयामा कारोबार हुँदै आएको छ । तिहारअघि २७ कात्तिकमा प्रतितोला १ लाख १३ हजार २०० रुपैयाँमा भएको थियो ।