नवलपरासी– कावासोती नगरपालिकाले सयपत्री फूलको मूल्य निर्धारण गरेको छ । नगरपालिकाले सयपत्री फूलको मूल्य प्रतिकेजी ५०० रुपैयाँ मूल्य निर्धारण गरेको हो ।
नगरपालिकाले नगरभित्रका सयपत्री फूलको खेती गर्ने कृषक र सम्पूर्ण सरोकारवालाको बैठकबाट सयपत्री फूलको खुद्रा मूल्य निर्धारण गरेको हो । साेही बैठकबाट स्थानीय सयपत्री फूलको मूल्य प्रतिकेजी ५०० रुपैयाँ निर्धारण गरेको जनाइएकाे छ।
साथै नगरपालिकाले ग्रेडिङमा राखेर सयपत्री फूल मालाको दररेट तोकेको छ । ग्रेड 'ए' को फूलको १३० रुपैयाँ, ग्रेड 'बी' को फूलको मूल्य १२० रुपैया र ग्रेड 'सी' को फूलको मूल्य १०० रुपैयाँ तोकेको छ । प्लाष्टिकजन्य फूलको मालाको प्रयोग नगर्न र स्थानीय तथा स्थानीयस्तरमा उत्पादित फूल मालाको प्रयोगमा प्राथमिकता दिन नगरपालिकाले अनुरोध गरेको छ ।