close

२९ सय रुपैयाँले बढ्यो सुनको मूल्य

२९ सय रुपैयाँले बढ्यो सुनको मूल्य

Trulli
ADVERTISEMENT

काठमाडौं - साताको पहिलो दिन सुनको मूल्यदुई हजार नौं सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार प्रतितोला १ लाख १० हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आईतबार २९ सय रुपैयाँले बढेर १ लाख १३ हजार रुपैयाँ कायम भएको हो । 

त्यस्तै तेजाबी सुन प्रतितोला एक लाख १२ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ ।