close

मीड सोलुको आइपीओ भर्नेमध्ये सवा १२ लाख बढीको हात खाली

मीड सोलुको आइपीओ भर्नेमध्ये सवा १२ लाख बढीको हात खाली

Trulli
ADVERTISEMENT

काठमाडौं- मीड सोलु हाइड्रोपावर कम्पनीको आइपीओ बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत ६२ हजार ११७ जना आवदकले १० कित्ताका दरले सेयर पाएका छन् ।

आइपिओ भर्नेमध्ये ६२ हजार ११५ जनाले १० कित्ता र २ जनाले ११ कित्ता सेयर पाएका छन् । यो आइपीओमा कुल १३ लाख ८१ हजार ५७५ जनाले आवेदन दिएकामा १२ लाख ८२ हजार ८१९ जनाको आवेदन मात्र योग्य भएको बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले जानकारी गराएको छ ।

कम्पनीले भदौ २९ गतेदेखि असोज २ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ६ लाख २१ हजार १७२ कित्ता सेयर जारी गरेको थियो ।