close

नगर विकास कोषले २ अर्ब ३३ करोड लगानी गर्ने

नगर विकास कोषले २ अर्ब ३३ करोड लगानी गर्ने

Trulli
ADVERTISEMENT

काठमाडौं - नगर विकास कोषको चालू आर्थिक वर्ष २०८०/०८१ को नीति, कार्यक्रम तथा बजेट स्वीकृत भएको छ । शहरी विकास मन्त्रालयका सचिव एवं कोषका अध्यक्ष रविन्द्रनाथ श्रेष्ठको अध्यक्षतामा नगर विकास कोष सञ्चालन समितिको २०९औँ बैठकले चालू आवको कार्यक्रम तथा बजेट स्वीकृत गरेको हो । 

चालू आवमा कोषले २ अर्ब ३३ करोड रुपैयाँ लगानी गर्ने लक्ष्य लिएको छ । २ अर्ब ४ करोड रुपैयाँ असुली र ५० करोड रुपैयाँ बचत गर्ने लक्ष्यसहित कोषको नीति तथा कार्यक्रम स्वीकृत भएको कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले पालिकाखबरलाई बताए । 

अर्थविज्ञतर्फ नेपाल राष्ट्र बैंकका निर्देशक किरण पण्डितलाई सञ्चालक समितिमा मनोनयन गर्ने निर्णय भएको उनले सुनाए । 

त्यस्तै, बैठकले स्याङ्जाको वालिङ नगरपालिकामा बसपार्क निर्माणको लागि १२ करोड २७ लाख लगानी गर्न स्वीकृत गरेको उनले बताए । त्यसमध्ये ३५ प्रतिशत अर्थात् ४ करोड २९ लाख रुपैयाँ नगरपालिकाले व्यहोर्नु पर्नेछ । लगानीमध्ये ५५ प्रतिशत अर्थात् ६ करोड ७५ लाख रुपैयाँ ऋण, १० प्रतिशत अर्थात् १ करोड २२ लाख अनुदान दिने गरी लगानी स्वीकृत भएको उनले बताए ।  

उनका अनुसार आगामी २ वर्षभित्र बसपार्क निर्माण गर्नुपर्नेछ । सो ऋण २० वर्षभित्रमा वार्षिक ७ दशमलव ५ प्रतिशतमा कोषलाई नगरपालिकाले तिर्नुपर्ने कोषका कार्यकारी निर्देशक सापकोटाले जानकारी दिए ।