दार्चुला । दुहुँ गाउँपालिकाले चालू आर्थिक वर्षमा करिब ८० प्रतिशत रकम खर्च गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै असार २४ गतेसम्म ७९ दशमलव ४४ प्रतिशत खर्च गरेको जनाएको छ ।
सूचना अनुसारको अनुसार गाउँपालिकाले चालू आर्थिक वर्षमा ४२ करोड २८ लाख १२ हजार ६३१ रुपैयाँ बजेट विनियोजन गरेको थियो । सोमध्ये ३३ करोड ५९ लाख ८ हजार २२९ रुपै्रया खर्च गरेको जनाएको छ ।
गाउँपालिकाले चालूतर्फ ८९ दशमलव ९३ प्रतिशत र पूँजीगततर्फ ६३ दशमलव ४८ प्रतिशत खर्च गरेको जनाएको छ ।