close

जुम्लाका स्थानीय तहले ल्याए बजेट

जुम्लाका स्थानीय तहले ल्याए बजेट

Trulli
ADVERTISEMENT

जुम्ला । जुम्लाका स्थानीय तहले आर्थिक वर्ष २०८०/८१ का लागि बजेट ल्याएका छन् । ती सबै पालिकाले अर्गानिक रैथाने बाली संरक्षणदेखि शिक्षा, स्वास्थ्य, कृषि, सञ्चार, खानेपानी र बेरोजगार युवालाई रोजगारसम्मका कार्यक्रम नीति तथा कार्यक्रम र बजेटमा समेटिएका छन् ।  

सिञ्जा गाउँपालिकाले आव २०८०/८१ का लागि रु ३७ करोड ३९ लाखको बजेट ल्याएको छ । बाह्रौँ गाउँसभामा  वडाध्यक्ष शुरबहादुर रावलले उक्त बजेट प्रस्तुत गरेका हुन् । गाउँपालिकाले बजेट बेहोर्ने स्रोतका रूपमा आन्तरिक राजस्व, अन्तरसरकारी राजस्व बाँडफाँट तथा सङ्घ र प्रदेशबाट प्राप्त हुने अनुदान रकमलाई आधार बनाएर बजेट सार्वजनिक गरेको हो । 

यस्तै तिला गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि रु ४४ करोड ९३ लाखको बजेट ल्याएको छ ।  उपाध्यक्ष गोरीकला बुढाका अुसार कृषि, पशु विकास, लघुउद्यम विकास तथा गरिबी निवारण कार्यक्रम, सामाजिक विकास, शिक्षा, स्वास्थ्य, महिला तथा बलबालिका, सामाजिक सुरक्षा, खानेपानी तथा सरसफाइ, सिँचाइ, जलविद्युत् र सञ्चारलाई विशेष प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याइएको छ ।

जिल्लाको एकमात्र चन्दननाथ नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि रु ५५ करोड ११ लाखको बजेट ल्याएको नगर उपप्रमुख रामदेवी खड्काले बताए । नीति तथा कार्यक्रममा व्यवस्थित सहरीकरण, वातावरण संरक्षण तथा विपत् व्यवस्थापन, फोहरमैला व्यवस्थापन र खानेपानी प्राथमिकतामा राखिएको छ । 

यसैगरी हिमा गाउँपालिकाले रु ३९ करोड ९७ लाख ४८ हजारको बजेट ल्याएको अध्यक्ष लक्ष्मण शाहीले जानकारी दिए । यस्तै गुठीचौर, पातारासी, कनकासुन्दरी र तातोपानी गाउँपालिकाले पनि कृषि, सञ्चार र स्वास्थ्य, भौतिक पूर्वाधार निर्माणलाई प्रथामिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् ।