close

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

Trulli
ADVERTISEMENT

काठमाडाैं। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज १८ दशमलब शून्य नौ अङ्कले उकालो लागेर दुई हजार एक सय ४३ दशमलब ९३ मा पुगेको छ ।

आजको कारोबारमा ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलब ५१ अङ्कले उकालो लागेर चार सय ११ दशमलब २३ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा ११ उपसमूहको शेयर मूल्यमा भने वृद्धि भएको छ ।

कारोबार भएकामध्ये एक सय ४७ कम्पनीको शेयर मूल्य बढेको छ भने ६२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कूल एक रु करोड २५ लाख ८१ हजार नौ सय ८२ कित्ता शेयर रु पाँच अर्ब चार करोड सात लाख ४० हजार नौ सय ३७ मूल्यमा खरिद बिक्री भएका छन् ।

शेयर कारोबार हुने साताको अन्तिम दिनको कारोबारपछि बजार पूँजीकरण रु ३१ खर्ब एक अर्ब ४५ करोड एक लाख १२ हजार एक सय ४९ बराबर पुगेको छ ।