close

२५ सय चालकलाई कारबाही गर्दा १८ लाख राजश्व सङ्कलन

२५ सय चालकलाई कारबाही गर्दा १८ लाख राजश्व सङ्कलन

Trulli
फाइल फोटो
ADVERTISEMENT

बागलुङ ।  जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको तीन महिनामा सवारी नियम उल्लङ्घन गर्ने चालकलाई गरेको कारबाहीबाट १८ लाख ९७ हजार राजश्व सङ्कलन गरेको छ । गत साउन, भदौ र असोज महिनामा मात्रै ट्राफिक नियम उल्लङ्घन गरेका दुई हजार २५० चालकबाट सो राजश्व सङ्कलन गरिएको ट्राफिक प्रहरी प्रमुख राजकुमार केसीले बताए । 

कारबाही पर्नेमा सबैभन्दा बढी मोटरसाइकल रहेका छन् । उक्त  अवधिमा ९७९ मोटरसाइकलबाट ६ लाख ३९ हजार ५०० राजश्व सङ्कलन भएको छ । ३८५ कार र जिपबाट तीन लाख ८८ हजार, ३४९ ट्रक तथा टिपरबाट दुई लाख ४० हजार, ४९३ ट्र्याक्टरबाट तीन लाख ४२ हजार, ४१९ बसबाट दुई लाख ७४ हजार ५०० र अन्य २२ सवारीसाधनबाट १३ हजार गरी १८ लाख ९७ हजार राजश्व सङ्कलन भएको हो ।

पछिल्लो तीन महिनाको राजश्व अघिल्लो वर्षको तीन महिनाको तुलनामा झन्डै आठ लाखभन्दा बढी हो ।  ट्राफिक प्रहरी प्रमुख केसीले आफूहरूले बागलुङ बजारमा ट्राफिक जाम व्यवस्थापन र दुर्घटना न्यूनीकरणका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।