close

फस्टायो ढाकाको व्यापार

फस्टायो ढाकाको व्यापार

Trulli
ADVERTISEMENT

कााठमाडौं । पाल्पाली ढाकाका सामग्री उपहार र मायाको चिनो दिने क्रम बढेको छ । तिहारमा उपहारको रुपमा वा मायाको  चिनोको रुपमा  ढाकाक सामग्री दिने क्रम बढेसँगै  ढाकाको सामग्री विक्री बढेको हो ।  

पहिला–पहिला पाल्पाली ढाका भनेपछि टोपीमात्र चिनिन्थ्यो, अहिले महिला, पुरुष, बालबालिका सबैका लागि थरिथरिका उत्पादन हुन गरेकाले विक्रीको मात्रा बढेको बताउँछिन् ज्ञानु कार्की । 

तानसेनमा ढाकाको व्यापार गर्दै आएकि कार्की भन्छिन्, ‘बच्चादेखि वृद्धसम्मलाई शिरदेखि पाउसम्मका सामग्री ढाकाबाट बन्ने गरेका छन् ।’

तिहार भित्रिएसँगै पाल्पाली ढाकाको व्यापार पनि ह्वात्तै बढेको छ । दुई वर्ष कोरोना सङ्क्रमणका कारण ठप्प रहेको ढाकाको व्यापार यस वर्ष बढेको हो । कोरोना सङ्क्रमण दर कम भएसँगै तिहारका अवसरमा दिदीबहिनीले दाजुभाइलाई ढाकाका सरसामान उपहार दिने चलनले गर्दा ढाकाको व्यापार अन्य समयमा भन्दा बढी हुने गरेको हो । पाल्पाका मुख्य बजार तानसेन, रामपुरलगायत स्थानका ढाका पसलमा दाजुभाइका लागि ढाकाको टोपी, आस्कोट, टाइ, ब्याग र दिदीबहिनीका लागि पछ्यौरा, सारी, कुर्ता सुरुवाल, झोलालगायतका उपहारका सामान किन्नेको भीड बढेको छ ।

तिहारमा टीका र मालाका साथ शिरमा ढाका टोपी लगाउँदा नेपालीपन झल्कने हुँदा यसको प्रयोग बढी हुने गर्दछ  । तिहारको दिन दाजुभाइले दिदीबहिनीलाई ढाकाका सारी, पछ्यौरा, झोलालगायतका सामग्री उपहार दिने चलन रहेको तानसेन–२ का उमेश गैरे बताउँछन् ।