close

लक्ष्मीपूजाको साँझ ३८० मेगावाट बिजुली भारत निर्यात

लक्ष्मीपूजाको साँझ ३८० मेगावाट बिजुली भारत निर्यात

Trulli
ADVERTISEMENT

काठमाडौं । लक्ष्मी पूजा अर्थात् सोमबार साँझ नेपालमा १३०५ मेगावाट विद्युत‍् खपत भएको छ ।  जुन अन्य दिनको तुलनामा उच्च हो । साँझ ६:१० मिनेटमा नेपाल विद्युत‍्् प्राधिकरणको प्रणालीमा कायम भएको पिक लोड (उच्चतम खपत) १३०५ मेगावाट भएको जनाइएको छ । गत वर्ष लक्ष्मी पूजामा विद्युत‍्को उच्चतम खपत १२०० मेगावाट थियो ।

त्यस्तै, नेपाल विद्युत‍् प्राधिकरणले लक्ष्मीपूजाको साँझ पिक आवरमा पनि भारतलाई बिजुली बेचेको छ। प्राधिकरणका अनुसार सोमबार साँझ ३८० मेगावाट बिजुली भारतीय बजारमा बेचिएको हो।

प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत‍् गत १९ जेठबाट आइएक्समा बिक्री सुरू गरेको थियो। नेपालमा बढी भएको बिजुली भारतीय बजारमा बेच्न सुरू भएसँगै पहिलो पटक यसपालि प्राधिकरण लक्ष्मीपूजाको साँझ पनि बिजुली भारत पठाएको हो।

नेपाली विद्युत‍् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ०७३ को लक्ष्मी पूजाका दिनदेखि उपत्यकामा लोडसेडिङ अन्त्य गरेका थिए ।  प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक घिसिङले चालु आर्थिक वर्षमा २० अर्ब रुपैयाँ बराबरको बिजुली भारतलाई बेच्ने लक्ष्य रहेको बताएका छन् ।