close

प्लाष्टिकका फूल बेचे एक लाखसम्म जरिवाना

प्लाष्टिकका फूल बेचे एक लाखसम्म जरिवाना

Trulli
ADVERTISEMENT

काठमाडौैं । वातावरण विभागले आजबाट प्लाष्टिकजन्य फूल नबेच्न निर्देशन दिएको  छ । विभागले बिहिबार एक सूचना जारी गरी व्यवसायीलाई यस्तो निर्देशन दिएको हो । 

गत साउन १२ गते राजपत्रमा  सूचना जारी गरी  प्लाष्टिकजन्य फूल आयातमा रोक लगाए पनि आयात नरोकिएको विभागको भनाइ छ । वातावरण विभागले शुक्रबारदेखि प्लाष्किजन्य फूल बिक्रीनगर्न माइकिङ गर्ने भएको छ ।

माइकिङपछि अनुगमनमा जाने विभागको तयारी छ । अनुमगनको क्रममा प्लाष्टिकजन्य फूल बिक्री गरेको पाइएमा २० हजारसम्म जरिवाना वा विभागको निर्देशकले १ लाखसम्म जरिवाना हुन सक्ने विभागको भनाइछ ।