close

अनुमति नलिई सहकारी संस्था सञ्चालनमा

अनुमति नलिई सहकारी संस्था सञ्चालनमा

Trulli
ADVERTISEMENT

काठमाडौं । भक्तपुर नगरपालिकाले सहकारी संस्थाको अनुगमन गरेको छ । पालिकाद्धारा गठित सहकारी अनुगमन समितिका पदाधिकारी वडा नम्बर १ सल्लाघारीस्थितद्वारा सहकारी संस्थाको अनुगमन तथा निरीक्षण गरिएको हो । 

अनुगमन टोलीले नगरपालिकासँग अनुमतिपत्र नलिई सहकारी संस्था संचालनमा ल्याएको पालिकाले जनाएको छ । 

अनुगमनका क्रममा सो क्षेत्रमा केही सहकारी संस्थाले सहकारी सञ्चालनक लागि केन्द्रीय कार्यालय, ललितपुर तथा काठमाको अनुमति प्राप्त गरेको, तर भनपा क्षेत्रभित्र सेवाकेन्द्र स्थापना गर्न नपाएको सहमति नलिई सञ्चालन गरिरहेको पालिकाले जनाएको छ। 

सहकारी संस्थाले शेयर सदस्य र गैर सदस्य विभाजन गरी कारोवार गरिरहेको तथा कार्यक्षेत्र बाहिरका ब्यक्तिहरुलाई सदस्यता वितरण गरी अध्यक्ष समेत बनाई गैरकानूनी रुपमा संस्था संचालन गरिरहेको पाइएकाले अनुगमन समितिका पदाधिकारीले सहकारी ऐन, कानुन र नियमअनुसार मात्र कारोबार गर्न, सदस्यता वितरण गर्न र कार्य क्षेत्र भित्रका सदस्यलाई मात्र अध्यक्ष बनाउनु पर्नेलगायत निर्देशन दिइएको छ ।