close

तोलामा १०० रुपैयाँ घट्यो सुनको मूल्य

तोलामा १०० रुपैयाँ घट्यो सुनको मूल्य

Trulli
ADVERTISEMENT

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार १०० रुपैयाँ कायम भएकोछ । अघिल्लो दिन प्रतितोला ९३ हजार दुई सयमा कारोबार भएको सुन आज प्रतितोला १०० ले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ६०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९२ हजार ७०० थियो ।     

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा  प्रतितोला पाँचले घटेर एक हजार १७० तोकिएको महासङ्घले जनाएको छ ।