close

इतिहासमै कमजोर बन्यो नेपाली पैसा

इतिहासमै कमजोर बन्यो नेपाली पैसा

Trulli
ADVERTISEMENT

काठमाडौं । अमेरिकी डलरको भाउ नयाँ रेकर्ड विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार १ डलरको बिक्रीदर १३२ रुपैयाँ ५४ पैसा कायम भएको छ । खरिददर १३३ रुपैयाँ १४ पैसा कायम भएको छ ।

जुन मूल्य हालसम्मकै उच्च विन्दु हो । यसअघि बुधबार १ डलरको बिक्रीदर १३२ रुपैयाँ ०८ पैसा कायम भएको थियो । यस्तै, खरिददर पनि १३१ रुपैयाँ ४८ पैसा कायम भएको थियो । 

त्यस्तै, आज युरोको बिक्रीदर १३० रुपैयाँ २४ पैसा छ भने खरिददर १२९ रुपैयाँ ६५ पैसा रहेको छ । डलरको तुलनामा भारतीय मुद्रा  पनि इतिहासकै कमजोर बनेको छ । भारुसँग नेरुको स्थिर विनिमय दर कायम भएकाले भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ । विशेषगरी, अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले मूल्यवृद्धि नियन्त्रणका लागि ब्याजदरमा निरन्तर वृद्धि गरेपछि डलर मजबुत बनेको छ । 
 डलर मजबुत बन्दा निर्यात महँगो पर्छ भने वैदेशिक ऋणको लागत पनि बढ्छ । तर विदेशबाट रेमिट्यान्स पठाउनेलाई भने फाइदा हुन्छ ।