close

आजको सेयर कारोबार ५१ करोडमा सीमित

आजको सेयर कारोबार ५१ करोडमा सीमित

Trulli
ADVERTISEMENT

काठमाडौं । सेयर बजारमा ओरालो लाग्ने क्रम सोमबार पनि रोकिएन ।  आज नेप्से परिसूचक २.६१ अंकले घटेर १८५८.३३ विन्दुमा झर्दा ५१ करोड ५८ लाख बराबरको मात्र कारोबार भएको छ।

२१९ कम्पनीको १६ लाख ३१ हजार ३४९ कित्ता सेयर ५१ करोड ५८ लाख १८ हजार ९९० रुपैयाँमा खरिदबिक्री भयो । कारोबारमा आएका १३ वटा समूहमध्ये छवटाका सूचक बढेका छन् भने सातवटाका सूचक राताम्मे देखिएका छन्। 

आज पनि अभियान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। यस कम्पनीको सेयर मूल्य ९.९९ अंकले बढ्यो । कारोबार रकमका आधारमा नबिल बैंक शीर्षस्थानमा रह्यो। सो बैंकको २ करोड ७९ लाख रुपैयाँ बढीको सेयर कारोबार भयो।