काठमाडौ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा हजार रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९३ हजार १०० रूपैयाँ कायम भएको छ ।
अघिल्लो कारोबार दिन शुक्रबार सुनको मूल्य तोलाको ९४ हजार १०० रूपैयाँ ताेकिएकाे थियो । आज चाँदीको मूल्य पनि घटेको छ ।
आज चाँदी तोलाको २५ रूपैयाँले घटेर १ हजार १६० रूपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी १ हजार १८५ रूपैयाँमा कारोबार भएको थियो ।