close

दोहोरो अंकले सेयर बढ्यो, कारोबार रकम निराशाजनक

दोहोरो अंकले सेयर बढ्यो, कारोबार रकम निराशाजनक

Trulli
ADVERTISEMENT

काठमाडौं । सेयर बजारमापक नेप्से परिसूचक लगातार तेस्रो दिन बिहीबार पनि बढेको छ । आज नेप्से आज १६.२९ अङ्कले बढेर १८५३.७६ को विन्दुमा पुगेको छ ।

आज जीवन बीमाबाहेक सबै समूहको सेयर बढेको छ । सेयर बढे पनि कारोबार रकम भने ६३ करोडमा सीमित भएको छ । तर यो हिजोको तुलनामा बढेको छ । हिजो  ४८ करोड रुपैयाँको कारोबार भएकोमा आज २२३ वटा कम्पनीका १७ लाख ९१ हजार कित्ता सेयर ६३ करोड २४ लाख रुपैयाँमा किनबेच भएको छ ।  

आज अभियान लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ । साम्लिङ पावर कम्पनीको सेयर भने झन्डै आठ प्रतिशतले घटेको छ ।