close

बाख्रापालनबाट मासिक १ लाख आम्दानी

बाख्रापालनबाट मासिक १ लाख आम्दानी

Trulli
ADVERTISEMENT

स्याङ्जा । वालिङ–१४ उपल्लो पेखुका मेघनाथ पौडेलले बाख्रापालनबाट मनग्य आम्दानी गर्दै आएका छन् । 

२०६२ सालदेखि व्यावसायिकरुपमा बाख्रापालन थालेका उनले मासुभन्दा पनि बीउका लागि काम गर्दै आएको बताए ।  पौडेलले अहिले शुद्ध बोयर जातको बाख्राको बोका र पाठी बिक्री गरी मनग्य आम्दानी गर्दै आएका हुन् । 

बाख्रापालनबाट वार्षिक रुपमा सबै खर्च कटाएर १२ लाख आम्दानी हुँदै आएको पौडेल बताए । यहाँ उत्पादन भएको शुद्ध बोयर जातको बोका तथा पाठीको माग देशका विभिन्न जिल्लाबाट आउने गरेको छ । 

बाख्रापालन नै पौडेलको परिवारको मुख्य आम्दानीको स्रोत हो । बाख्रापालनबाट प्राप्त भएको आम्दानीले उनले बजारमा घरजग्गा जोडेका छन् । छोराहरूलाई उच्च शिक्षा तथा घर खर्च पनि यही व्यवसायबाट चलाउँदै आएका छन् ।