काठमाडौं । काठमाडौँ महानगरपालिकाले गत आर्थिक वर्ष २०७८/७९ १० अर्ब ६० करोड ४८ लाख ३७ हजार ८६० रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।
आर्थिक वर्षभित्र नौ अर्ब ८७ करोड १३ लाख रुपैयाँ राजश्व सङ्कलन गर्ने लक्ष्य रहेकामा ७३ करोड बढी राजश्व संकलन गरेको महानगरले जनाएको छ ।
यस्तै आव २०७७/७८ मा १० अर्ब ७६ करोड ६५ लाख रुपैयाँ राजश्व सङ्कलन गर्ने लक्ष्य रहेकामा आठ अर्ब ३८ करोड ८७ लाख ६६ हजार ५२० रुपैयाँ राजश्व सङ्कलन गरेको थियो ।
महानगरपालिका राजश्व विभाग प्रमुख डा. शिवराज अधिकारीका अनुसार बक्यौता रकम उठेकाले गत आर्थिक वर्ष राजश्व सङ्कलन लक्ष्यभन्दा बढी भएको बताए ।