काठमाडौं । बुधबार सेयर बजारमापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । बुधबारको कारोबारमा सेयर बजार परिसूचक ११.२२ अंकले बढेर १८४८.८२ को विन्दुमा पुगेको छ ।
बजार बढे पनि बुधबार कारोबार रकममा भने भारी गिरावट आएको छ । साताका अघिल्ला दुई कारोबारमा १ अर्ब माथि रहेको कारोबार बुधबार ७२ करोडमा झरेको छ । आज २५ लाख ३१ हजार कित्ता सेयर ७२ करोड १२ लाख ५९ हजार ८८४ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज साम्लिङ पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेकर लागेको छ भने विन नेपाल लघुवित्तको सेयर ३.६३ अंकले घटेको छ ।