काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुन र चाँदीको भाउमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले घटेको हो ।
यससँगै छापावाल सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा आइपुगेको छ ।
आज चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला ११७५ रुपैयाँमा कारोबार भइरहेको छ ।