काठमाडौ । धरान उपमहानगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका सहकारी संस्थाका अध्यक्ष तथा उपाध्यक्षसँग छलफल गर्ने भएको छ।
उपमहानगरले एक सूचना जारी गरी २६ गते आइतबार सहकारी संस्थासँग बैठक बस्न निर्णय भएको जानकारी दिएको हो। उपमहानगरले उपमहानगरभित्र सञ्चालित सहकारी संस्थालाई बैठकमा सहभागी हुन अनुरोध पनि गरेको छ।
नगरप्रमुख हर्क साम्पाङको आदेश अनुसार सहकारी संस्थाका अध्यक्ष, उपाध्यक्ष र जिम्मेवारी पदाधिकारी तथा सम्बन्धित संस्थाका व्यवस्थापकसहितको टोली बैठकमा सहभागी हुनु पर्ने पालिकाले एक सूचनामार्फत जनाएको छ ।
सो सूचनाअनुसार बैठक आगामी आइतबार दिउँसो १ बजे उपमहानगरपालिकाको कार्यापालिका भवनमा बसिनेछ ।