काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामै एक हजार रुपैयाँ र चाँदीको मूल्य तोलामै १५ रुपैयाँ घटेको छ ।
आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार, तेजावी सुनको मूल्य ९२ हजार ५०० र चाँदीको मूल्य प्रतितोला १ हजार ११० रुपैयाँ कायम भएको छ ।