काठमाडौं । सेयर बजार आज पनि घटेको छ । सोमबार नेप्से परिसूचक ४.२ अंक घटेको सेयर आज २१.२२ अंकले घटेर १९५१.७९ को विन्दुमा झरेको छ ।
आज २२७ वटा कम्पनीको ३२ लाख ९ हजार कित्ता सयर एक अर्ब १९ करोड ७ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयण एभरेष्ट एन्स्युरेन्सको नौ करोड १४ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज सबैभन्दा धेरै सानिमाइ जलविद्युतको सेयर साढे ७ प्रतिशतले घटेको छ । उन्नति सहकार्य लघुवित्तको सेयर भने साढे ९ प्रतिशतले बढेको छ ।