काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट भएको छ । भदौ ८ गतेदेखि बिक्री खुलेको कम्पनीको आईपीओ आज सोमबार बाँडफाँट भएको हो ।
१७ लाख ८३ हजार ७४ योग्य आवेदनमध्येबाट गोलाप्रथामार्फत कुल १२ हजार ३४० जना सर्वसाधारण लगानीकर्ताहरुले १० कित्ताका दरले सेयर पाएका छन् ।
सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आईपीओमा १८ लाख ८३ हजार ११८ जनाको आवेदन परेको थियो ।
लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट तथा खप्तड लघुवित्तको वेबसाइटबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइटबाट पनि नतिजा थाहा पाउन सकिनेछ ।