काठमाडौं । लगातार ८ दिनसम्म ओरालो लागेको सुनको मूल्य आज बढेको छ ।
नेपाल सुन चाँदी व्यवासायी महासंघकाअनुसार आइतबार सुनको मूल्य तोलामा ३०० रुपैयाँ बढेको हो । य
आज छापावाल सुनको मूल्य ९३ हजार ३००, तेजावी सुनको मूल्य ९२ हजार ८०० र चाँदीको मूल्य प्रतितोला १ हजार ११० रुपैयाँ कायम भएको छ ।
गत भदौ ९ गतेदेखि सुनचाँदीको मूल्य निरन्तर ओरालो लागेको थियो ।