काठमाडौं । सुन चाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ५०० ले घटेर ९६ हजार ६०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९७ हजार १०० मा कारोबार भएको थियो ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार एक सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार ६०० थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला ५ रुपैयाँ घटेर एक हजार २२५ तोकिएको छ ।