काठमाडौं । साताको दोस्रो दिन नेप्सेमा दिनभर उताचढावबीच बजार परिसूचक घटेको छ । सोमबार नेप्से १७.६७ अंक (०.८३ प्रतिशत) ले गिरावट भएर २१०६.१६ अंकमा बन्द भएको छ ।
सोमबार उत्पादनमूलक र सामूहिक लगानी कोषबाहेक सबै उपसूचक घटेको छ । अन्य उपसूचक २.४२ प्रतिशतले गिरावट हुँदा विकास बैंक उपसूचक १.३९ प्रतिशत र बैंकिङ उपसूचक पनि ०.४४ प्रतिशतले घटेको छ ।
नेप्सेमा गिरावट भए पनि करोबार रकम भने केही बढेको छ । आइतबार २ अर्ब ६७ करोडको कारोबार भएको बजारमा सोमबार ६५ लाख २७ हजार ४१४ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८५ करोड ७१ लाख हजारको कारोबार भएको छ ।
जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक २० करोड ७२ लाखको कारोबार हुँदा नबिल बैंकको १० करोड ८५ लाखको कारोबार भएको छ ।
सोमबार बजारमा कुल १८१ कम्पनीको सेयर कारोबार भएकोमा १२३ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ ।