काठमाडौं । नेपाल आयल निगमले इन्धनमा अझै घाटा रहेको बताउँदै इन्धनको मूल्य नघटने बताएको छ ।
आइओसीबाट मूल्य घटेर मूल्यसूची प्राप्त भएको, तर नेपालमा इन्धनको मूल्य नघटेको भनी आलोचना भएपछि आयल निगमले बुधबार यस्तो बताएको हो ।
इन्धनमा अझै घाटा रहेको र पुरानो बक्यौता तिर्नकै लागि मूल्य यथावत राख्नुपर्ने अवस्था भएको निगमको भनाइ छ ।
‘पछिल्लो पटक प्राप्त नयाँ मूल्य सूचीले निगमलाई अझै १५ दिनमा ६३ करोड ५८ लाख रुपैयाँ घाटा हुने देखिएको छ’ निगमले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।