close

जनकपुर यातायात कार्यालयबाट २२ करोड ३० लाख राजश्व संकलन

जनकपुर यातायात कार्यालयबाट २२ करोड ३० लाख राजश्व संकलन

Trulli
ADVERTISEMENT

धनुषा । मधेश प्रदेश सरकारले सवारी करमा लाग्ने जरिवाना छुट गरेपछि जनकपुरधामस्थित यातायात व्यवस्था कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा २२ करोड ३० लाखभन्दा बढी राजश्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार आव २०७८/७९ ५५ करोड ५६ लाख ६८ राजश्व सङ्कलन भएको हो ।

सवारी करबाट ४२ करोड २२ लाख ३४ हजार ८७, सवारीचालक अनुमतिपत्र तथा नवीकरणबाट १२ लाख एक हजार १६१ तथा नयाँ सवारी दर्ता र रुट परमिटबाट एक करोड ३२ लाख चार हजार ९८१ राजश्व सङ्कलन भएको कार्यालय प्रमुख वीरेन्द्रकुमार साहले जानकारी दिए । यो आव २०७७/७८ को भन्दा २२ करोड ३० लाख बढी हो । अघिल्लो आर्थिक वर्षमा ३९ करोड २२ लाख राजश्व सङ्कलन भएको थियो ।

यस्तै आव २०७८/७९ मा १६ हजार १८७ मोटरसाइकल, ५११ ट्र्याक्टर, ४७१ टेम्पु, २८२ इ–रिक्सा, २३८ जिप/कारलगायत १५ हजार ९२० नयाँ सवारी साधन दर्ता भएको उनले बताए । कार्यालय प्रमुख साहका अनुसार सो आवमा २० हजार ६७२ जनालाई नयाँ चालक अनुमतिपत्र वितरण गरिएको थियो भने २२ हजार ७५० सवारी साधन नवीकरण गरिएको थियो ।
मधेश प्रदेश सरकारले पाँच वर्षभन्दा बढी समयदेखि नवीकरण नगराएका सवारीसाधनलाई  नवीकरणमा लाग्ने जरिवाना छुट दिनु, नयाँ सवारीसाधनको दर्ता बढ्नु र कर्मचारीले इमान्दारितापूर्वक कार्यालय समयमा बसेर काम गर्नाले गत आवमा राजश्व सङ्कलन उल्लेखीय बढेको उनको भनाइ थियो ।