close

राजविराज भन्सारमा लक्ष्यभन्दा ३९ प्रतिशत कम राजश्व संकलन

राजविराज भन्सारमा लक्ष्यभन्दा ३९ प्रतिशत कम राजश्व संकलन

Trulli
ADVERTISEMENT

सप्तरी । सप्तरीको राजविराज भन्सार कार्यालय बेल्हीले नेपाल सरकारको लक्ष्यभन्दा ३९ प्रतिशत कम राजश्व संकलन गरेको छ । 

जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका १ बेल्हीस्थित राजविराज भन्सार कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा ४ करोड १७ लाख ६४ हजार राजश्व संकलन मात्र गनै सकेको छ  ।

यस आव सरकारको राजश्व लक्ष्य भन्दा ३९ प्रतिशत कम रहेकोमा कार्यालयले ६ करोड ८४ लाख २० हजार राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो । 
कार्यालयका प्रमुख दीपेन्द्र झाले कर्मचारीको समस्या, कोरोना महामारी, खुल्ला सिमाना, बाटोको समस्या, स्थानीय तह निर्वाचन लगायतका विविध कारणले लक्ष्य अनुसारको सफलता नमिलेको बताएका छन् ।  

जिल्लाबाट निकासी, पैठारी, लिलामी र अस्थायी पैठारी लगायतका कारोबारबाट ०७८/७९ मा सो परिमाणको राजश्व संकलन भएको छ ।

प्रमुख झाले आ.ब. २०७८/०७९ मा सशस्त्र प्रहरीले सर्वाधिक ५ सय ८७, नेपाल प्रहरीले ४ सय ६३ र भन्सार कर्मचारीहरूबाट १४ गरी कुल १ हजार ६४ लिलामी मुद्दा यस कार्यालयमा बुझाइएकोमा दुई सय मुद्दाको लिलामी कार्य सम्पन्न भइसकेको छ भने चार सय ९९ मुद्दा केही दिनमै लिलामीमा टुङ्ग्याउने सम्पूर्ण तयारी र प्रक्रिया पूरा गरिएको जानकारी दिए ।

गाउँको बाटोबाट भित्रिने मालसामानको  छोटी भन्सार पुनः स्थापना नगरिँदा भारतसँग सीमा जोडिएका गाउँको बाटोबाट खुलेआम तस्करी हुने गरेको स्थानीयको भनाइ छ ।

छोटी भन्सार नभएका नाकाबाट पैदल, मोटरसाइकल र साइकलमा राखेर दैनिक ठुलो परिमाणको मालसामान राजस्व छलेर नेपाल भित्रिने गरेको प्रत्यक्षदर्शीहरूको भनाइ छ । 

जिल्लामा मुख्य भन्सार कार्यालय १ र छोटी भन्सार ७ सहित ८ वटा भन्सार कार्यालय छन् । त्यसमा बेल्ही र पातो छोटी भन्सार कार्यालय मात्र सञ्चालनमा छन् । 
सप्तरीको सीमाना भारतसँग खुला रहेकोले साइड नाकाहरूमा नेपाली सुरक्षाकर्मीको पातलो उपस्थिति रहेकाले भन्सार छली निकै हुने गरेको छिन्नमस्ताका स्थानीय विनोद यादवले बताए । 

उनले छोटी भन्सार नहुँदा अवैध आयात निर्यात लामो समयदेखि भइरहेकोले राज्यलाई लाखौँको नोक्सानी भइरहेको यादवले बताए ।