close

प्रतितोला ४०० रुपैयाँ बढ्यो सुनको मूल्य

प्रतितोला ४०० रुपैयाँ बढ्यो सुनको मूल्य

Trulli
ADVERTISEMENT

काठमाडौं। नेपालमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४०० रुपैयाँ बढेर ९४ हजार पुगेको छ ।

आइतबार प्रतितोला ९३ हजार ६०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० छ ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला ५ रुपैयाँ बढेर एक हजार १६५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।