close

प्रतितोला ८०० रुपैयाँ घट्यो सुनको मूल्य

प्रतितोला ८०० रुपैयाँ घट्यो सुनको मूल्य

Trulli
ADVERTISEMENT

काठमाडौं ।  शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८०० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ९४ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ९३ हजार ८०० रुपैयाँमा झरेको हो ।

यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा ८०० रुपैयाँले नै घट्दै ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी आज चाँदीको भाउ पनि घटेको छ । बिहीबार प्रतितोलामा एक हजार १८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ३५ रुपैयाँले घटेर एक हजार १४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।