close

शाइन रेसुङ्गा बैंकको थप ९ वटा एटिएम सञ्चालन

शाइन रेसुङ्गा बैंकको थप ९ वटा एटिएम सञ्चालन

Trulli
ADVERTISEMENT

रुपन्देही । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले थप ९ वटा एटिएम सञ्चालनमा ल्याएको छ । 

बैंकले रुपन्देही जिल्लाको मणिग्राम र रुद्रपुर, कपिलवस्तुको ४ नम्बर जीतपुर, प्युठानको विजुवार, कास्कीको न्युरोड पोखरा, अर्घाखांचीको सन्धिखर्क, बाँकेको नेपालगन्ज, दाङ्गको घोराही र कैलालीको अत्तरियामा एटिएम सञ्चालनमा ल्याएको हो । 

डिजिटल बैंकिङलाई प्रोत्साहन गर्नका लागि भिसा नेटवर्कमा आवद्ध एटिएम मेसिनबाट डेविट कार्डको प्रयोग गरी उपभोक्ताले निःशुल्क रकम झिक्न सक्ने बैंकले जनाएको छ । 

बैंकले अनलाइनबाट खाता खोल्ने, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर कोड, डेबिट कार्ड, डिम्याट तथा मेरो शेयर लगायतका सेवाको समेत व्यवस्था गरेको बैंककी प्रमुख सञ्चालन अधिकृत एवं डिजिटल बैकिङ हेड नम्रता थापाले जानकारी दिइन्  । 

बैंकले ८४ वटा शाखा कार्यालय, एउटा एक्सटेन्सन काउन्टर र १६ वटा एटिएम नेटवर्क मार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । 

लुम्बिनी प्रदेशमा मात्रै ७१ वटा र संघीय राजधानी काठमाडौंमा ५ वटासहित देशभर ८४ वटा शाखा कार्यालय सञ्चालनमा छ ।

अधिकृत पुँजी ५ अर्ब, जारी तथा चुक्ता पुँजी ३ अर्ब ७८ करोड १० लाख रहेको बैंकको निक्षेप ४२ अर्ब ५७  करोड र कर्जा लगानी ३८ अर्ब १५ करोड छ । बैंकका ५ लाख १५ हजारभन्दा बढी निक्षेपकर्ता र १४ हजार ५ सयभन्दा बढी ऋणी छन् ।