close

मंगलबार पनि २०० रुपैयाँले घट्यो सुनको मूल्य

मंगलबार पनि २०० रुपैयाँले घट्यो सुनको मूल्य

Trulli
ADVERTISEMENT

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २०० रुपैयाँ घटेको छ । 

हिजो तोलामा १०० रुपैयाँले घटेको सुनको मूल्य आज पुनः २०० ले घटेको महासंघले जनाएको छ । यसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ छ ।

जुन, हिजो सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९४ हजार २०० रुपैयाँ थियो । यसअघि, आइतबार तोलामा छापावाल सुनको मूल्य ९४ हजार ८०० रुपैयाँ र ९४ हजार ३०० रुपैयाँ छ ।

यसैगरी, हिजो स्थिर रहेको चाँदीको मूल्य आज भने घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य १० रुपैयाँले घटेको छ ।