काठमाडौं । आज एकैदिन नेपाली बजारमा सुनको मूल्य १६ सय रुपैयाँ घटेको छ ।
मंगलबार प्रतितोला ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बुधबार प्रतितोला ९६ हजार रुपैयाँ कायम भएको सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार भाउ अझै घट्न सक्ने सम्भावना छ । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा ३० रुपैयाँले घटेर १ हजार १७५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।