काठमाडौं । सोमबार अघिल्लो दिनको तुलनामा नेप्से ९.७५ अंकले घटेर २०७६ अंकमा रोकिएको छ ।
सोमबार २३४ कम्पनीको १० लाख ९८ हजार कित्ता सेयर ७५ हजार पटक करोबार भएको हो ।
नेप्से घटे पनि कारोबार रकमले छलाङ मारेको छ । आज कुल ४ अर्ब ३४ करोड रुपैयाँको कारोबार भयो । यो आइतबारको तुलनामा १ अर्ब ८६ करोडले बढी हो । आइतबार २ अर्ब ४८ करोडको कारोबार भएको थियो ।
कुल ७१ कम्पनीको मूल्य बढ्दा ११६ को घट्यो भने ६ को स्थिर रह्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, एसियन लाइफ, अरुणकाबेली र माथिल्लो तामाकोसी क्रमशः अगाडि रहे ।