काठमाडौैं । मंगलबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको मूल्यमा सुनचाँदीको कारोबार भइरहेको छ ।
सोहीबमोजिम आज छापावाल सुनको मूल्य ९७ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार २०० रुपैयाँ छ ।
यसैगरी, आज चाँदीको मूल्य पनि स्थिर छ । महासंघले आज चाँदीको कारोबार प्रतितोला १ हजार २५५ रुपैयाँमा भइरहेको बताएको छ ।