close

शुक्रबार १४ अंकले बढ्यो सेयर बजार

शुक्रबार १४ अंकले बढ्यो सेयर बजार

Trulli
ADVERTISEMENT

काठमाडौं । लगातार ओरालो लागेको नेप्से परिसूचक शुक्रबार दोहोरो अंकले बढेको छ । 

आज सेयर बजारमापक नेप्से परिसूचक १३.७८ अङ्कले बढेर १८६२.०६ बिन्दुमा पुगेको छ । शुक्रबार २२३ वटा कम्पनीका ३५ लाख ४१ हजार कित्ता सेयर एक अर्ब १५ करोड रुपैयाँमा कारोबार भएको छ । 

सबैभन्दा धेरै कुमारी बैंकको ८ करोड ६३ लाख रुपैयाँको शेयर किनबेच भयो । कारोबारको हिसावले न्यादी ग्रुपको ६ करोडभन्दा बढीको कारोबार भएको छ । 
न्यादी जलविद्युत आयोजनाको शेयर १० प्रतिशत, सिवाइसी लघुवित्तको ८.२१ प्रतिशतले बढेको छ । बजार बढे पनि आधिखोला लघुवित्त वित्तको सेयर ७.८८ प्रतिशतले घटेको छ ।