काठमाडौं । नेपाल आयल निगमले हप्तामा दुई दिन बिदा दिँदा पेट्रोलियम पदार्थको खपत ११ प्रतिशतले घटेको बनाएको छ ।
सोमबार इन्धनको मूल्यवृद्धिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले यस्तो जानकारी गराएका हुन् ।
वैशाख महिनामा भन्दा जेठ महिनामा पेट्रोलको खपत ११ प्रतिशत घटेको उनको भनाइ थियो ।
चैतमा पेट्रोल खपत ६३ हजार किलोलिटर रहेको र वैशाखमा बढेर ६७ हजार किलोलिटर पुगेको उनले बताए । तर जेठमा भने घटेर ५९ हजार किलोलिटरमा झरेको थानीले बताए ।
यसअघि केही समयका लागि सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिँद आएको थियो । तर, सो बिदा यही असार १ बाट कट्टा भएको छ ।