close

प्रेट्रोलको मूल्य  प्रतिलिटर १९९ रुपैयाँ पुग्यो

प्रेट्रोलको मूल्य  प्रतिलिटर १९९ रुपैयाँ पुग्यो

Trulli
ADVERTISEMENT

काठमाडौं ।  नेपाल आयल निगमले पेट्रोलको मूल्य लिटरमै २१ रुपैयाँले वृद्धि गरेको छ ।आइतबार राति १२ बजेदेखि लागू हुने गरी उक्त दरले बढेसँगै सर्वसाधारण जनताले अब पेट्रोल लिटरको १९९ रुपैयाँ तिर्नुपर्ने भएको हो।पेट्रोलसँगै अब डिजेल र मट्टीतेलको खुद्रा बिक्री मूल्य २७ रुपैयाँ प्रतिलिटरले बढेर १९२ रुपैयाँ पुगेको छ। 

निगमका अनुसार हवाइ इन्धन (आन्तरिक)तर्फ १९ रुपैयाँ लिटरमा बढ्दा १८५ रुपैयाँ, हवाइ इन्धन (बाह्य) तर्फ अमेरिकी डलर सयले वृद्धि हुँदा प्रतिकिलोलिटर अमेरिकी डलर एक हजार छ सय ४५ कायम भएको छ। 

एलपी ग्यासको मूल्य भने हाललाई पूर्ववत् कायम राखिएको निगमले जनाएको छ। निगमका अनुसार पेट्रोल लिटरमा १३.५८ पैसा, डिजेल १३.९५ पैसा, मट्टितेल ४३.०६ रुपैयाँ नाफा, हवाइ इन्धन आन्तरिकमा १३.६१ रुपैयाँ नाफा, बाह्यमा ५६.६७ पैसा नाफा र एलपी ग्यास प्रतिसिलिन्डर ७५१.१४ रुपैयाँ घाटा रहेको छ। 

आइतबार बसेको निगम सञ्चालक समितिको बैठकले उक्त मूल्यवृद्धि गरेको हो। इन्डियन आयल कर्पोरेसनले निगमलाई चार दिनअघि नयाँ मूल्यसूची पठाएको थियो। सोअनुसार इन्धनको लागत मूल्य बढेको थियो।