close

बागमती प्रदेश सरकारले ल्यायो ७० अर्ब ४३ करोडको बजेट

बागमती प्रदेश सरकारले ल्यायो ७० अर्ब ४३ करोडको बजेट

Trulli
ADVERTISEMENT

काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ७० अर्ब ९३ करोड ९३ लाख रुपैयाँको बजेट ल्याएको छ ।

आज असार १ गते आगामी वर्ष २०७९/८० को बजेट घोषणा गर्दै आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमरकट्टेलले उक्त बजेट विनियोजन गरेको घोषणा गरे । जुन चालु आर्थिक वर्षकोभन्दा करिब १३ अर्ब रुपैयाँ बढी हो । 

सरकारले चालुतर्फ १९ अर्ब २ करोड अर्थात २७ प्रतिशत , पुँजीगततर्फ ४१ अर्ब ५६ करोड अर्थात ५८ प्रतिशत, वित्तीय हस्तान्तरणतर्फ ८ अर्ब र वित्तीय व्यवस्थापनतर्फ २ अर्ब बजेट विनियोजन गरेको छ ।