काठमाडौं । प्रदेश-१ सरकारले आव २०७९/८०को बजेट सार्वजनिक गरेको छ । असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाबमोजिम प्रदेश सरकारले बुधबार आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सो बजेट सार्वजनिक गरेका हुन् ।
प्रदेश-१ ले ल्याएको बजेटमा कृषि क्षेत्रमा २ अर्ब ५९ करोड बजेट, दूधमा प्रतिलिटर २ रुपैयाँ अनुदान दिइने उल्लेख छ ।
प्रदेश १ सरकारले कृषि क्षेत्रका लागि २ अर्ब ५९ करोड २३ लाख बजेट विनियोजन गरेको छ ।
प्रदेश १ प्रदेशसभामा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले ‘कृषि क्षेत्रको रुपान्तरण, व्यवसायीकरण र विविधीकरण’ मूल नाराका साथ कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताएका हुन् ।
बजेट प्रस्तुत गर्ने क्रममा उनले प्रदेशको १० वर्षे कृषि रणनीति तर्जुमा गरिने उल्लेख छ ।
यस्तै खाद्यान्न उत्पादनको उत्पादकत्व वृद्धि गर्न धान, मकै, दलहन र रैथाने बाली उत्पादन कार्यक्रम सञ्चालनका लागि लागि १३ करोड, प्राङ्गारिक मल उत्पादन गर्न ३ करोड, प्राङ्गारिक मल प्रयोग प्रोत्साहनका लागि १ करोड रकम विनियोजन गरेको उल्लेख गरे ।