close

प्रतिनिधिसभामा शेयरबजार समस्याबारे ध्यानाकर्षण

प्रतिनिधिसभामा शेयरबजार समस्याबारे ध्यानाकर्षण

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले धितोपत्र बजारको स्थायित्व र लगानीकर्ताको विश्वास कायम गराउन नियामक निकायको ध्यानाकर्षण गराएका छन् । 

आजको बैठकमा विशेष समय लिएर सांसद थापाले समग्र अर्थतन्त्रको परिसूचकका रुपमा रहने शेयर बजारको स्थायित्व र सबलताले लगानिकर्ताको मात्र नभई समग्र अर्थतन्त्र उन्नयनतर्फ लाने हुँदा हाल धितोपत्र बजारमा देखिएका समस्याका बारेमा सदनलाई स्पष्ट पार्न माग गरे  ।

उनले सामान्य अवस्थामा शेयर बजार तलमाथि हुने, तरलता अभावले बजारमा प्रभाव पर्ने नियमित प्रक्रिया भएता पनि केही नीतिगत कारणले बजार अस्थिर हुन नहुने बताउँदै धितोपत्र बजारको नीति दिगो र अर्थतन्त्रलाई सबलीकरण गर्ने खालको बनाउन माग गरेका हुन् । 

अहिलेको बजारमा साना लगानीकर्ता अझ बढी मारमा परेको र आम लगानीकर्ताको सुरक्षाका बारेमा सरकार र नियामकले गरिरहेका कामका बारेमा जानकारी गराउन थापाले सरकारको ध्यानाकर्षण गराए । 

कांग्रेस महामन्त्री थापाले गत लामो समयदेखि अस्थिर रहेको शेयरबजारको संरक्षण र लगानीकर्ताको प्रोत्साहनका लागि कार्यक्रम ल्याउन सरोकारवालाको ध्यानाकर्षण गराए । 

शेयरबजारको स्थायित्व, सबलताले लगानीकर्ताको मात्र नभएर समग्र अर्थतन्त्रको सबलीकरणमा योगदान पुग्छ भन्दै उहाँले शेयरबजारको स्थायित्व कायम गर्न, शेयरबजारमाथि विश्वास कायम गर्न अर्थमन्त्रालय, नेपाल राष्ट्र बैंक र नियामक धितोपत्र बोर्डले केकस्ता काम गरिरहेका छन् भनी प्रश्न गरे । 

साथै उनले सना लगानीको संरक्षणका लागि भइरहेका कामहरुबारे सदनलाई जानकारी गराउन माग गरे ।